गैँडाकोट ।पुस १७
भूतपूर्व सैनिक जनकल्याणकारी संस्था गैँडाकोटले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाको सभाहलमा भएको कार्यक्रममा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका संस्थापक अध्यक्ष दिलबहादुर अधिकारीले समयको महत्त्वको बारेमा बताउनुभएको थियो । उहाँले आफ्नो कामहरु समय अन्तरालमै पुरा गर्न आवश्यक रहेको बताउँदै जुनसुकै काम गर्दा विना लापरवाहीका साथ सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नरेन्द्रबहादुर खड्काले विगतमा सैनिक हुँदा गरेको मिहिनेतले अहिले भूतपूर्व सैनिकहरुको संगठन बलियो भएको बताउनुभयो । उहाँले यस संस्थामा रहेका हरेक व्यक्ति समय र अनुशासनको पक्का हुन आवश्यक रहेको बताउनुभएको थियो ।
भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका सल्लाहकार केयरसिंह रानाले गैँडाकोटमा रहेका भूतपूर्व सैनिकहरुको एकता उदाहरणीय रहेको बताउनुभयो । उहाँले सम्पूर्ण भूतपूर्व सैनिकहरु एकजुट हुनुपर्ने साथै आफुले सिकेको सिपलाई प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
भूतपूर्व सैनिक जनकल्याणकारी संस्था अमरापुरीका अध्यक्ष रामप्रसाद कंडेलले सैनिकको तालिम लिदा र एउटा सैनिक हुँदा जीवनमा अनुशासन र धेरै ज्ञान बटुलेको अनुभव सुनाउनुभयो । समाजमा विकास गर्नका लागि भूतपूर्व सैनिक एकजुट हुन आवश्यक रहेको उहाँको भनाई छ । । साथै उहाँले कार्यक्रममा भूतपूर्व सैनिकहरुलाई संगठित गराउने अग्रजहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
भूतपूर्व सैनिक जनकल्याणकारी संस्था गैँडाकोटका अध्यक्ष गुरबहादुर थापाले गैँडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्था, स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटड र भूतपूर्व सैनिक महिला समूह गरी ३ भागमा रहेको बताउनुभयो । संस्थामा लगभग २७ सय सदस्यहरु रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाबाट समय–समयमा विभिन्न तालिमहरु पनि दिने गरेको बताउनुभयो ।
भूतपूर्व सैनिक महिला समूहको संस्थापक अध्यक्ष फुलुमाया पराजुलीले सबै भूतपूर्व सैनिक एकजुट हुने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुभयो । साथै उहाँले यस संस्थाबाट महिलाहरुलाई आत्मनिर्भर गराउनका लागि विभिन्न तालिमहरु दिने गरेको बताउनुभयो ।

भूतपूर्व सैनिक जनकल्याणकारी संस्था गैँडाकोटका सचिव तर्कबहादुर थापाले कार्यक्रमको सहजिकरण गर्नुका साथै सैनिक हुँदा सिकेको ज्ञान, सीपलाई नेपालमा लागु गर्नुपर्ने एवं भूतपूर्व सैनिकहरुको एकता कायम राख्नुपर्ने बताउनुभएको थियो ।
भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको १६ औं स्थापना दिवस कार्यक्रममा भूतपूर्व सैनिक परिवारको उपस्थिति रहेको थियो ।