8.1 C
Kathmandu
Flowers in Chania

गैंडाकोट जेसीजको अध्यक्षमा राेजन घिमिरे चयन

- Advertisement -

गैंडाकोट

अजय पौडेल, पुस १७

गैंडाकोट जेसीजको १६ औं अधिवेशनले रोजन घिमिरेलाइ अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ । गैंडाकोट ५ को सहमतिको सभाहलमा भएको अधिवेशनले रोजन घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा मिना दाहाल र क्षितिज आचार्य चयन हुनुभएको निर्वाचन समितिका संयोजक दया सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी उपाध्यक्षमा प्रकाश श्रेष्ठ,रामकृष्ण कोइराला,रामकृष्ण काफ्ले र कृष्ण सापकोटा चयन हुनुभएको छ भने सह-सचिवमा अनिल पौडेल साथै सह-कोषाध्यक्ष अन्जन गौतम चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा,अतिथिहरु पुर्ब अध्यक्ष कृष्णहरी सापकोटा,रमेश काफ्ले,हरी सापकोटा,गोबिन्द कंडेल परमेश आचार्य,गोकुल सापकोटा,भानुभक्त रिमाल तथा सुशिल काफ्लेले आ- आफ्नो मन्तव्य राख्दै गैंडाकोट जेसीजलाइ आगामी दिनमा थप सफलताको शुभकामना दिनुभएको थियो ।

बर्ष २०२२ का अध्यक्ष शंखर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सहजीकरण बर्ष २०२२ का महासचिव रोजन घिमिरेले गर्नुभएको थियो ।कार्यक्रम संयोज प्रकाश श्रेष्ठ रहनुभएको थियोे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्