१५ पुस,
ब्राजिलका महान फुटबल पेलेको निधनप्रति संसारभरबाट प्रतिक्रिया आइरहेको छ ।
८२ वर्षको उमेरमा ब्राजिलको साओ पाउलोस्थित अस्पतालमा पेलेको निधन भएको हो । उनले व्यक्तित्व, खेल कला र मैदानभित्रको चातूर्यताले खेलाडी र समर्थकलाई मन्त्रमुग्ध पार्ने गरेको थियो ।
सन् १९५८, १९६२ र १९७० गरी तीनपल्ट फिफा विश्वकप जित्ने संसारको एकमात्र फुटबलका रुपमा उनलाई सम्मानित गरिन्छ । उनले आफ्नो करिअरमा १३६६ खेल खेलेर १२८२ गोल गरे । ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरे ।
‘शाश्वत राजाका लागि एक साधारण अलबिदा कहिल्यै पनि पूरा फुटबल संसारलाई परेको यो पीडा व्यक्त गर्न पर्याप्त हुँदैन । विगत वर्तमान र भविष्यमासमेत लाखौं मानिसका प्रेरणालाई गुमाएका छौं । उनले सधैं मेरा लागि एउटा स्नेह देखाए । लामो दूरीका बाबजुद हामीले यसबीचमा साथमा विताएका सबै क्षणहरुलाई सम्झिएको छु । हामी फुटबललाई माया गर्नेहरुले आफ्नो जीवनमा उनलाई कहिल्यै बिर्सिने छैनौं । हार्दिक श्रद्धान्जली, किङ पेले’, क्रिष्टिनायो रोनाल्डो, पोर्चुगिज फुटबल खेलाडी ।