24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

कवि शिरोमणि लेखनाथ पौडेलको जन्म घर

- Advertisement -Flowers in Chania

कास्की ।

कास्कीको अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । उन जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ ।

लेखनाथको जन्म बाबु दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा वि.स. १९४१ पौष शुक्ल एकादशीको दिनमा भएको थियो ।

५ वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो; उनले घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । पौडयालले सर्वप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढे ।

उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए, त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा उनलाई पुर्‍याएको मानिन्छ । रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्