25.1 C
Kathmandu
Flowers in Chania

कावासोती खानेपानी निर्वाचनमा शिव प्रसाद भटराई नेतृत्वमा यस्तो छ संयुक्त प्यानल

- Advertisement -Flowers in Chania

कावासाेती, पुस १४

टिका काफ्ले(सृष्टि)-

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पुस १६ गते हुने निर्वाचनमा शिव प्रसाद भटराईको नेतृत्वमा सयुक्त प्यानल चुनवी मैदानमा देखिएको छ । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरु उपभोक्ताका घर घरमा पुग्न ब्यस्त छन् । उनिहरू यहि पुस १६ गते हुने निवार्चनमा आफ्नाे जित पक्का गर्न यसरी घरदैलाेमै पुग्ने गरेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वकाे साे सयुक्त प्यानलमा शिव प्रसाद भटराईको नेतृत्व रहेको छ भने उपाध्यक्षमा तारा दवाडी पाैडेल, सचिवमा गाेविन्द प्रसाद शर्मा यसै गरि जनजाति महिला सदस्यमा जनकासी गुरूङ र दलित महिला सदस्यमा राज कुमारी वि.क. रहनुभएको छ ।

त्यस्तै लेखा समिति संयाेजकमा देवीलाल पाध्या , सदस्यमा डाेलराज काफ्ले र लेखा महिला सदस्यमा हरिकला ढकाल रहनुभएको छ । वडा प्रतिनिधितर्फ २ मा आत्मराम चापागाई ३ मा हुमा गिरी (सुरज), ५ मा नर बहादुर गाहा मगर, ६ मा निम प्रसाद पाण्डे, ८ मा बिष्णु प्रसाद पाेखरेल,९ मा हुमानाथ अर्याल रहनुभएको छ ।

कावासाेती नगरपालिकाका ६ वटा वडाहरु २,३,५,६ ,८ र ९ का करिब ७ हजार ४ सय मतदाताले नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने छन् ।

कावासोती खानेपानीलाई सबल बनाउन र सक्षम बनाउन आफु लागि परेकाे बताउने भटराई यसअघि पनि अध्यक्षमा थाेरै मतान्तरले पराजित हुनु भएकाे थियाे । सामाजिक सेवामा सकृय भटराई कावासाेतीकाे माटाे र सम्वृिद्दीकालागि लामाे अनुभव र ज्ञानलाई प्रयोग गरि आफू निर्वाचित भएपछि खानेपानीको थप गुणस्तर सुधार, यहाँका उपभोक्तालाई आवश्यक मात्रामा सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउन लागि पर्ने बताउनु भयाे । साे का लागि आफ्नो टिम कटिवद्ध भएर लाग्ने पनि भटराईले बताउनुभयो ।

यस अघि साे खानेपानीमा स्थापना कालदेखि नै विभिन्न भूमिकामा रहेर काम गर्नुभएका भटराई अहिले पुनः दाेस्राे पटक अध्यक्षमा उम्मेदवारि दिनु भएको हाे । कावासाेतीकाे विकास र सामाजिक सेवामा समर्पित भटराईले खानेपानीकाे थप प्रगित उपभोक्त्ताहरुले आफू सहित आफ्नो प्यानलाई मतदिएर विजयी बनाउने विश्वास रहेको बताउनुभयो ।

भटराईले आफ्नो टिममा सबै अनुभवि र सक्षम व्यक्तिहरु रहेको र सयुक्त रुपमा मैदानमा उत्रिएकाले उपभोक्ताहरुको अत्याधिक मत प्राप्त हुने अध्यक्ष पदका उम्मेदवार भटराईले विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी दिपक राज लम्सालकाे नेतृत्वमा नेकपा एमालेले पनि संयुक्त प्यानल बनाएर चुनावमा हाेमिएकाे छ जसकाे उपाध्यक्षमा उपाध्यक्षमा विन्दु पराजुली ढकाल, सचिवमा ज्ञानेन्द्र न्यौपाने लगाएत रहनुभएकाे छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्