18.1 C
Kathmandu
Flowers in Chania

कावासोती खानेपानी निर्वाचन : दिपकराज लम्साल नेतृत्वमा यस्तो छ संयुक्त प्यानल

- Advertisement -

कावासोती , २०७९ पुस १४

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुस १६ गते हुने निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरु उपभोक्ता भेटघाटमा व्यस्त बनेका छन् । नगरपालिकाको ६ वटा वडाहरु वडा नम्बर २,३,५,६ ,८ र ९का करिब ७ हजार ४ सय मतदाताले यहि १६ गते मतदान गरि नयाँ कार्यसमिति चयन गर्दै छन् ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पुस १६ गते हुने निर्वाचनमा दिपकराज लम्सालको नेतृत्वमा सयुक्त प्यानल चुनवी मैदानमा रहेको छ । कावासोती खानेपानीलाई सबल बनाउने लामो समय देखि संस्थाको विभिन्न भूमिकामा रहनुभएका लम्साल अहिले अध्यक्षको उम्मेदवार बन्नुभएको छ । करिब एक दशकदेखि कावासोती खानेपानीलाई सबल बनाउन विभिन्न पदमा रहि काम गर्नुभएका लम्साल यस अघि सचिव पदमा रहनु भएको थियो । अध्यक्ष पदका उम्मेदवार लम्साललाई खानेपानीलाई थप उपभोक्तामैत्री बनाउदै लैजान लामो समयको अनुभव आफैमा सबल पक्षका रुपमा रहेको छ । यस कारण पनि उपभोक्ताहरुले आफू सहित आफ्नो प्यानलाई मतदिएर विजयी बनाउने विश्वास रहेको उम्मेदवार लम्सालले बताउनुभयो ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई यहाँ सम्म ल्याई पुर्याउन आफु लामो समय देखि संस्थामा विभिन्न भूमिकामा काम गरेकाले यस पटक अध्यक्षका उम्मेदवारका रुपमा उपभोक्ता सामु पुगेको अध्यक्षका उम्मेदवार लम्सालले बताउनुभयो । आफ्नो अनुभव र ज्ञानलाई उच्चतम प्रयोग गरि आफू निर्वाचित भएपछि खानेपानीको थप गुणस्तर सुधार, यहाँका उपभोक्तालाई आवश्यक मात्रामा सर्वसुलभ रुपमा खानेपानीको उपलब्धताका लागि आफू लगायत आफ्नो टिम कटिवद्ध भएर लाग्ने लम्सालले बताउनुभयो ।
कावासोती खानेपानीमा यसपटक नेकपा एमाले, माओवादी र राप्रपाको सयुक्त प्यानल निर्माण भएको छ । आफ्नो टिममा सबै अब्बल व्यक्तिहरु रहेको र सयुक्त रुपमा मैदानमा उत्रिएकाले उपभोक्ताहरुको अत्याधिक मत आफूहरुलाई रहने हुँदा विजय सुनिश्चित रहेको अध्यक्ष पदका उम्मेदवार लम्साललको विश्वास व्यक्त गर्नुभयो ।
दिपकराज लम्सालको नेतृत्वमा रहेको सयुक्त प्यानलमा उपाध्यक्षमा विन्दु पराजुली ढकाल, सचिवमा ज्ञानेन्द्र न्यौपाने, वडा प्रतिनिधितर्फ २ मा रामप्रसाद न्यौपाने (राजु) २ मा विनयी अधिकारी , ५ मा प्रकाश भण्डारी, ६ मा गोमा नेपाली, ८मा रेशमलाल चापागाई, ९ मा चण्डिका प्रसाद लामिछाने रहनुभएको छ ।
यसै गरि जनजाति महिला सदस्यमा मिना राना मगर र दलित महिला सदस्यमा विर्सना सुनार रहनुभएको छ ।
लेखा समिति सदस्यमा दिपेन्द्र न्यौपाने , सदस्यमा आत्मराम सुवेदी र लेखा समिति महिला सदस्यमा नारायणी न्यौपाने रहनुभएको छ ।
कावासोती खानेपानी निर्वाचनमा नेपाली कांगे्रसले भने शिवप्रसाद भट्टराईलाई अध्यक्षको रुपमा अगाडि बढाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्