कावासोती २०७९ पुस १३
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत हुने पालिका स्तरीय खेल कावासोती नगरपालिकामा यही पुष २७ गतेबाट सुरु हुने भएको छ ।
यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पालिका स्तरीय खेल र जिल्ला स्तरीय खेल कावासोती १७ गोछडामा रहेको सरस्वती माध्यामिक विद्यालयको खेल मैदानमा हुन लागेको छ ।
कावासोती शिक्षा शाखा अधिकृत राजन पाण्डेले दिनुभएको जानकारी अनुसार कावासोती नगरपालिका स्तरीय प्रतियोगिता पुष २७ र २८ मा गर्ने गरेर तयारी गरिएको छ । यदि समय अपुग भए २९ गते पनि प्रतियोगिता हुने उहाँले बताउनुभयो । पालिका स्तरीय प्रतियोगितामा सहभागि गराउनका लागि सबै माध्यामिक विद्यालयहरूलाई पत्राचार गरी खेलाडी तयारी गर्न भनिएको पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल आँउदो माघ ७ , ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले दिनुभएको जानकारी अनुसार सरोकारवाला सबै पक्षसँग बैठक गरेर फाइनल खेलको मिति तय गरिएको हो । जिल्लाका आठ वटै पालिकालाई माघ पाँच गते भित्र पालिका स्तरीय प्रतियोगिता सम्पन्न गर्ने र सात गतेबाट फाइनल खेल सुरु गर्ने निर्णय गरिएको पुनले बताउनुभयो ।
प्रतियोगितामा भलिबल ,कवड्डी, तेक्वान्दो , कराँते र दौड प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुनेछ ।
छनौट खेल सम्पन्न भएपछि जिल्ला स्तरीय खेलका लागि तयारी तीब्र पारिने पुनले बताउनुभएको छ । अहिले पालिका स्तरीय खेलका लागि सम्बन्धित पालिका र आयोजक विद्यालयले तयारी सुरु गरेका छन् ।
तपाइंलाई यो खबर पढे