पुस ८
बिबेक भण्डारी
देवचुली माध्यमिक विद्यालय रजहरले स्वर्ण महोत्सव समारोह कार्यक्रम समापन गरेको छ । शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरि विद्यालयले स्वण महोत्सव समापन गरेको हो । आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सफलता पुर्व सम्पन्न गरेकोमा विद्यालयलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

उहाँले सामुदायिक तर्फबाट देवचुली माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदान सम्मान जनकरहेको बताउदै आगामि दिनमा पनि शिक्षा क्षेत्रको विकासमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको विशेष आतिथ्यता रहेको थियो । यस्तै जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी लगायतको सहभागि रहेको थियो । विद्यालय स्वर्ण महोत्सव समापन संगै वार्षिक उत्सव कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदमा विद्यालयका प्रअ नारायणप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।

उहाँले विद्यालय ठुला नमुना विद्यालय अन्तर्गत परेको बताउदै यसको भौतिक विकासको अघि सरेको बताउनुभयो । उहाँले विद्यालयको खेल मैदान स्तर उन्नती संगै, विद्यालयको शैक्षिक क्षेत्रको विकास समेत गरेको बताउनुभयो ।विद्यालयलाई यहाँ सम्म पुर्याउन विद्यार्थि, शिक्षक तथा अभिभावले गरेको योगदानको उच्च सम्मान रहेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक,विद्यार्थि, समाजसेवी लगायतलाई विद्यालयले सम्मान समेत गरेको थियो । विद्यार्थिहरुले विज्ञान प्रदर्शनी, सांस्कृतीक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षतामा आयोजना गरिएको थियो भने ।