कावासोती २०७९ पुस ६
कावासोती नगरपालिका १ मा रहेको जनकल्याण माध्यामिक विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो ।
कार्यक्रममामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बिश्वकर्माले शिक्षा क्षेत्रको विकासका लागि राज्यले आवश्यक बजेट नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक स्तिथीमा निकै सुधार आएको बताउनुभयो । कतिपय सामुदायिक विद्यालयहरू निजी भन्दा पनि अब्बल बन्दै गएको बताउनुभयो । बालबालिकालाई गुणस्तरीय शिक्षा सँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो ।कार्यक्रममा बोल्दै वडा नं १ का वडा अध्यक्ष तवारक अहमद मियाँले विद्यालयका लागि बस उपलब्ध गराउन वडाबाट बजेटको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमध्वज गाहाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्मा , कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर क्षेत्री , जनप्रतिनिधि , समाजसेवी व्यक्तित्वको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशा गैरेको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा विभिन्न सम्मान र विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुती रहेको थियो । भने , स्थानीय आमा समूहबाट विद्यालयलाई नास्ताका रुपमा सेलरोटी प्रदान गरिएको थियो ।