24.1 C
Kathmandu
Sunday, April 14, 2024
Flowers in Chania

मानव अधिकार समुह मध्यविन्दुको अध्यक्षमा अर्याल

- Advertisement -Flowers in Chania

चोरमारा २०७९ पुस ६

भुपलाल अर्यालको संयोजत्वमा मानव अधिकार समुह मध्यविन्दु नगरपालिका गठन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा भएको मानव अधिकार शिक्षा कार्यक्रम परिचय तथा मानव अधिकार समुह गठन कार्यक्रममा अर्यालको संयोजत्वमा समुह गठन भएको हो ।

समुहको सदस्यहरुमा खिमानन्द पुरी, शिवराज घिमिरे, अञ्जना बोहरा, निशा चौधरी, रामप्रसाद भट्टराई, गौमती थापा, रुपा घिमिरे देवकोटा, आराध्या पंगेनी, बल बहादुर खन्गाहा, ज्ञानुमाया खड्का, सुनिता रामदाम र केवल बहादुर पाल्पाली चयन हुनु भएको छ ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका भित्रको विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पनेरुले मानव अधिकारकर्मीले अधिकार सवालमा पैरवी गर्दा त्यसको कार्यान्वयनको शुरुवात आफैबाट गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकारको पैरवी गर्ने तर अधिकारको हनन् भएको बेला सहि स्थानमा सहि सवाल उठाउन नसक्ने विगतको अवस्थाबाट माथि उठ्न अनुरोध गर्नु भयो । उहाँले मध्यविन्दु नगरपालिकामा गठित समूहको क्षमता अभिबृद्धि सहित मानव अधिकारको प्रत्याभूतिको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पक्ष राष्ट्र भएका विभिन्न महासंधि तथा अविसंधिहरुको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले अधिकारको लागि आवाज बुलन्द बनाउने र सम्बन्धित निकायलाई जवाफदेही गराउने जिम्मेवारी समुहका सदस्यहरुको भएको बताउनुभयो ।

कार्यक्रममा मध्यविन्दु १३ का वडा अध्यक्ष अर्जुन प्रसाद पंगेनीले इन्सेक मार्फत सञ्चालन हुने कार्यक्रम स्थानीय समुदाय सम्म पुग्नुपर्नेमा जोड दिनुभयो । समुह गठन संगै यसको उद्देश्य प्राप्तिको लागि सबै सदस्य प्रभावकारी रुपमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

मानव अधिकार एलायन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेले नेपालको संदर्भमा मानव अधिकार सम्बन्धि व्यवस्थाहरु अन्तर्राष्ट्रिय रुपमा सबैले प्रसंशा गर्ने भएपनि त्यसको प्राप्तिको अवस्था कमजोर रहेको बताउनुभयो । अधिकारको संरक्षणमा सबै सरोकारवालाहरु बीचको समन्वय आवश्यक रहेको उहाँको भनाईछ ।

मानव अधिकार समुहको संयोजक भुपलाल अर्यालले विगतमा इन्सेकको केही कार्यक्रममा सहभागी समेत भएको अनुभव सुनाउदै मानव अधिकार समुहको संयोजकको रुपमा मध्यविन्दु नगरपालिका भित्र मानव अधिकारका सवालहरुको पैरवी गर्ने बताउनुभयो ।

मानव अधिकार समुह गठन कार्यक्रमलाई निर्वाचन संयोजकको रुपमा रहनु भएका मध्यविन्दु नगरपालिकाका नगर प्रमुखका सल्लाहाकार अमृतप्रसाद ज्ञवालीले गठित समुहले उदाहरणीय कार्य गर्नका लागि शुभकामना दिदै नगरपालिकाको तर्फबाट हुन सक्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकको स्थापना, इन्सेक मार्फत सञ्चालित कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । इन्सेक सहजकर्ता राजु चापागाईंले कार्यक्रम मार्फत एक वर्षमा सञ्चालक हुने गतिविधिको बारेमा जानकारी गराउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्