24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न सुरु गर्यो क्यामेरा ट्यापिङ

- Advertisement -Flowers in Chania

चितवन २०७९ पुस ५- 

चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ”, उहाँले थप्नुभयो, “ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ ।” चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नेपाली सेना र हात्तीसारका कर्मचारीसहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उहाँले बताउनुभयो । आवश्यकताअनुसार प्राविधिक थपघट हुने उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा जङ्गली जनावरका कारण चार जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट दुई, बाघको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले वताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एक÷एक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो । सौराहा क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्