18.1 C
Kathmandu
Flowers in Chania

भुक्तानी नपाएपछि सर्दी स्थित होङ्सीमा आन्दोलन

- Advertisement -

कावासाेती २०७९ पुस ४

नवलपरासी पूर्व नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा भुक्तानी नपाएको भन्दै व्यवसायीले आन्दोलन गरेका छन् । उद्योगमा ढुवानीको काम गर्ने व्यवसायीले तीन महिना देखि आफूहरुले पाउनेपर्ने रकम भुक्तानी पाउन नसकेको भन्दै आज उद्योग अघि टायर बालेर प्रदर्शन गरेका हुन् ।
स्थानीय सहित व्यवसायीले उद्योग परिसर अघि प्रदर्शन गरि उद्योगका सबै ढुवानीको काम रोकेका छन् । अत्यावश्यक बाहेक सबै ढुवानीका काम रोकेर आफुहरु आन्दोलीत भएको व्यवसायी यादव पौडेलले बताउनुभयो ।

उहाँका अनुसार करिब तीन महिना देखि उद्योगले भुक्तानी गर्नुपर्ने रकम नदिदा व्यवसायी समस्यामा परेका छन् । ‘बैङहरुले किस्ता नतिरेको भनेर गाडी तानेको छ, चिठ्ीकाटी तनाव दिइरहेको छ’ पौडेलले भन्नुभयो -तर उद्योगले भुक्तानीका लागि आलटाल गरिरहेको छ ।
उद्योगमा आवश्यक खाद्ययान्न पुर्याउने , ढुवानीका काम गर्ने देखि सबै होटल व्यवसायीको उधारो बाँकी रकम भुक्तानी नहुदा समस्या परेकाले आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो । उद्योगले स्थापना ताका स्थानीय रुपमा गर्नेभनेको काम समेत नगरको स्थानियको भनाई छ । वरपरको वातावरण स्वास्थ्यमा प्रतिकुल हुन नदिने ,स्वास्थ्य , कृषिमा आवश्यक लगानी गरि सुविधा दिने भन्ने उद्योग स्थापनाका विषयमा कुरा भएको भएपनि हाल त्यसप्रति उद्योग प्रशासन गम्भिर नबनेको पौडेलले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्