24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

चितवनमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

- Advertisement -Flowers in Chania

कावासाेती।२०७९ पुस ३

चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो ।

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि, माडीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्