मंसिर २६- कावासाेती ।
चितवनको भरतपुरमा बिहे भोज खाएका जन्ती तथा माईति पक्षका गरी करिब २०० जना बिरामी परेका छन् ।
गैँडाकोट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट बिहे भएको थियो ।
भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको जन्ती गएका एकराज सापकोटाले जानकारी दिनुभयो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । बिहे भोजमा करिब पाँचसय जनाले खाना खाएको अनुमान गरिएको छ । मासु खाएका प्राय बिरामी भएको जनाईएको छ ।
त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । केही हिजो नै उपचारपछि घर फर्किएका छन् । साथै केहीको स्थानीय मेडिकलमा सामान्य उपचार पछि घर आराम गरिरहेका छन् ।