24.1 C
Kathmandu
Monday, December 4, 2023
Flowers in Chania

रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा सहभागी हुने

- Advertisement -Flowers in Chania

कावासोती । २०७९ मंसिर २६

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि अहिले रवि लामिछानेले गठबन्धनसँग छलफल गरिरहेका छन् । सरकारमा सहभागी हुने विषय लगभग पक्का जस्तै भएको बताइएको छ ।

रास्वपाले गठबन्धनसमक्ष १० एजेण्डाहरू राखेको बताएको छ । ती एजेण्डाहरुमा गठबन्धनसँग कुरा मिले सरकारमा जाने रास्वपाको तयारी छ । रास्वपाले विदेशमा बस्ने नेपालीले भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधार लगायतका एजेन्डाहरू अगाडि सारेको बताइएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । त्यसका लागि दुवै गठबन्धनका नेताहरूसँग अनौपचारिक छलफल भइरहेको एक नेताले पुष्टि गरे ।

उनले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताए ।उनका अनुसार पार्टीभित्र भइरहेको छलफलमा पनि रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको छ । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्री समेत रहेका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

उनले त्यस्तो गर्ने सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको बताए । नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा काँग्रेस माओवादी वा काँग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्य पुष्टि गरिने उनीहरूको धारणा छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्