देबचुली ९ मा रहेको भिमसेन माध्यमिक बिधालयले मुस्कान सहित स्वागत कार्यक्रम सन्चालन गरेको छ । बिधालयमा अध्यानरत बिद्यार्थीले पालो लगायर आफ्ना साथी र शिक्षकलाई बिहानी समयमा बिधालय प्रबेस सगै मुस्कानका साथ स्वागत गर्ने गर्छन । बिधालयमा बिद्यार्थीहरुको सदन ( समूह )गरायर पालै पालो बिधालयमा प्रबेस गर्दा हासेर स्वागत गर्ने गर्छन । सदन छुट्टायर यसरी पालो लगाय पछि आ आफ्नो पालोमा समयमा बिधालय आयर आफ्ना साथी सहकर्मिलाई स्वागत गर्दा नया अनुभूति हुने साथिभाईको सम्बब्ध अझै बढ्ने र बिधालयका प्रधानाध्यापक अग्निधर भुसाल बताउछन । बिधालयमा प्रबेस गर्दा आफू सरस्वतीको मन्दिरमा प्रबेस गरेको आभास हुने हुदा पनि यो मुस्कान अभियान प्रभाब्कारी हुने कक्षा १० मा अध्यान गर्ने बिधार्थी गुराँस लामिछाने बताउछिन । बिधालयले अतिरिक्त क्रियाकलापको लागि सदन छुट्ट्यायको छ साहित्यकारहरुको नाम राखेर सदन गराईयको छ पारिजात भानुभक्त माधब प्रसाद, लक्ष्मी प्रसाद , सिद्दिचरर , मोतिरामको नाममा सदन बनायको प्रधानाध्यापक बताउछन । २०२६ सालमा स्थापना भयको यो बिधालयमा अहिले कक्षा ६ देखि १२ सम्म अध्यान हुन्छ । नवलपुरको उत्कृष्ट बिधालयले चिनिने यो बिधालयमा करिब २ हजार बिधार्थी अध्यान गर्छन । सामुदायिक बिधालया अङ्ग्रेजी माध्याम सन्चालन गरेर निजि बिधालय सङ्ग प्रतिस्पर्धा गर्ने जिल्लाको पहिलो बिधालय पनि यहि हो । अङ्ग्रेजी माध्याम सन्चालन गरेकै कारण बिधालयमा बिद्यार्थीको चाप बढन थाले पछि अन्य छिमेकी सामुदायिक बिधालयले समेत अङ्ग्रेजी माध्यममा कक्षा सन्चालन गरेर अभिभावकको मन जित्न सफल भयका छन भने पछिल्लो अबस्थामा बिधालयले यो मुस्कान सहितको अभियान सन्चालन गरेको छ । यो अभियान अत्यान्त प्रभाबकारी रहेको स्थानिय अभिभावक गोबिन्द भुसाल बताउछन । यो मुस्कान अभियान ले आफुहरुमा थप नया शिक्षा मिलेको बिधार्थीहरु बताउँछन । (टिका काफ्ले )२०७९ मंसिर २३