कावासाेती नगरपालिका- ३, अठ्ठाइस बिघामा सुविधा सम्पन्न स्वास्थ्य चाैकी भवन बन्ने भएको छ। अठ्ठाइस बिघामा रहेको राष्ट्रिय अनुसन्धान कार्यालय भवनसँगै रहेकाे करिब आठ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको हाे । शिवमन्दिर स्वास्थ्य चाैकीकाे भवन हाल साघुराे स्थानमा रहेकाले स्वास्थ्य सेवा प्रवाहमा असहजता हुने गरेको छ। नयाँ भवन निर्माणसँगै सेवा प्रदानमा सहजता मिल्ने छ।
नयाँ बन्न लागेको भवन बर्थिङ सेन्टर सहितको हुनेछ। सदरमुकामकाे वडा भएको र बस्ती विस्तार हुने क्रम तिब्र रहेकाले भाेलीका दिनमा स्वास्थ्य चाैकिबाट सेवा लिनेकाे संख्या उल्लेख्य रहने छ। यसैलाई आधारमानी आवश्यक संरचना निर्माण हुनेछ।चालू आर्थिक वर्षमा भवनका लागि ६८ लाख रकम विनियोजन गरिएको छ। भवनको आज कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले शिलान्यास गर्नुभएको हाे । भवन शिलान्यास गर्दै नगर प्रमुख भुसालले भवन जतिसक्दो चाडाे निर्माण सम्पन्न गरिने बताउनुभयो । साघुराे ठाउँबाट सबै प्रकारका सेवा दिन नसकिएको भन्दै गुणस्तरीय स्वास्थ्य सवा प्रदानमा यसले मदत पुग्ने बताउनुभयो ।सदरमुकाम भएको वडा भएकोले भाेली यसलाई स्तरिकरण गर्दै थप सेवाको विस्तार गरिदै लैजाने समेत उहाँले बताउनुभयो । वडा अध्यक्ष डाेरमान गिरीले वडाकाे विकासमा आफू लाग्ने बताउनुभयो । स्वास्थ्य चाैकीकाे भवन साघुराे हुदा समस्या परेको बताउँदै अब चाडै समस्याकाे समाधान हुने बताउनुभयो। हाल भवन नहुदा सेवा प्रवाहामा परेको समस्या नयाँ भवन निर्माणसँगै हटेर जाने स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेलले बताउनुभयो ।
भवनको लागत कम्तिमा २ कराेडकाे हुने र क्रमागत रुपमा याेजना अघि बढ्ने आर्किटेक इन्जिनियर पवन रुपाखेतीले बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रममा वडा सदस्यहरु, स्थानीय लगायतकाे उपस्थिति रहेको थियाे । २०७९ मसिर २२
- Advertisement -

- Advertisement -

- Advertisement -
