8.1 C
Kathmandu
Flowers in Chania

मिर्गौला, क्यान्सर र मेरुदण्डका विरामीलाई मासिक ५ हजार 

- Advertisement -

गैँडाकोट नगरपालिकाले तीन महिनाको अवधिमा ५८ जनालाई ८ लाख ६५ हजार आर्थिक सहायता गरेको छ । त्यस्तो आर्थिक सहायता प्रदान गरिएकोमा सबैभन्दा धेरै क्यान्सर विरामी रहेका छन् । 

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका विरामीहरुको उपचारका लागि ८ लाख ६५ हजार प्रदान गरिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो । 

गैँडाकोट नगरपालिकाका ३८ जना क्यान्सर विरामीहरुलाई १५ हजारका दरले प्रदान गरिएको छ । त्यस्तै २० जना मिर्गौलाका विरामीहरुलाई १५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ । ९ जनाले मिर्गौला प्रत्यारोपण गरेको र डायलाइसिस गराइरहेका ११ जना रहेका छन् ।  

अहिले नगरपालिकाले सो रकम उपलब्ध गराएपनि नेपाल सरकारले दिने र त्यस्का लागि सोध भर्ना मागेको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका विरामीहरुले मासिक ५ हजारका दरले उपचार वापतको रकम पाउने र प्रत्येक तीन–तीन महिनामा उनीहरुलाई १५ हजारका दरले प्रदान गरिने उहाँले बताउनुभयो । उक्त रोगहरु सम्बन्धी विरामी ७५ जनाको हाराहारीमा हुनसक्ने उहाँको भनाई छ । 

सरकारले गएको बजेट भाषणमा क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो ।

ततपश्चात् कार्यविधि बनाई रकम उपलब्ध गराउन लागिएको हो । क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाका बिरामीलाई मासिक भत्ता दिइने भनिएको छ । तर त्यस्ता सबैले उक्त भत्ता पाउने छैनन् । मिर्गौला बिरामीहरूको हकमा मिर्गौला प्रत्यारोपण गराएका वा नियमित डायलिसिस गराइरहेकाहरूलाई मात्र भत्ता पाउने छन् । त्यस्तै क्यान्सर भएका र उपचारपछि निको भएका बिरामी जो चिकित्सकको नियमित निगरानीमा छन्, उनीहरूलाई पनि सो रकम दिइने छ । मेरुदण्ड पक्षाघात भएका व्यक्तिहरू जोसँग नीलो वा रातो अपाङ्ग परिचयपत्र छ, उनीहरूले पनि रकम पाउने छन् । २०७९ मंसिर २२

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्