टिका काफ्ले । दुम्किबास । बिनयी त्रिबेणी गाउंपालिकाले खरको छानो रहेको घरमा टिनको छानो छाउने अभियान सुरु गरेको छ । यो गाउंपालिकाम ८ सय घरमा खरको छाना रहेकोले यसै बर्ष देखि खरको छानो बिस्थापित गरि जस्ता टिनकोछानो छाउने अभियान सुरु गरेको गाउंपालिकाका अध्यक्ष घनश्याम गिरिले जानकारी गराएका छन । सरकारी नीति अनुसार सबै नेपालिको घरमा खरको छानो नरहने र जस्ता टिनको छानो लगाउने अभियान मंसिर महिना बाटै सुरु गरेको गिरिले बताय । अबका दुई महिना भित्र आफ्नो गाउंपालिकाका २ सय घरका खरका छानो हटायर टिन जस्ताको छानो लगाउने र अन्य घरमा समेत यसै आ .ब. मा खरको छानो रहित पालिका हुने अध्यक्षले जानकारी गरायका छन । पहिलो चरणमा २ सय घर बाट अभियान सुरु गरिने र त्यसको सबै प्रकृया पूरा भयको बताईयको छ । नेपाल सरकारले चालेको अभियान अन्तर्गत बिनयी त्रिवेणी गाउँपालिकाले पनि खरको छानो हटाउन लागेको हो ।२०७९ मंसिर २१