24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

- Advertisement -Flowers in Chania

चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ ।

चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन ।

डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए ।

उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैंडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ ।१८ मंसिर,२०७९

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्