24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

कांग्रेस सभापति जिसी र गाहा प्रदेशसभामा

- Advertisement -Flowers in Chania

गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार मानिएका नेपाली कांग्रेस पुर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जि.सि. गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका हुन ।

२०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा कांग्रेस जिल्ला सभापति समेत रहेका महेन्द्र ध्वज जिसीले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रिय सदस्य रबिन्द्र अधिकारीले १३ हजार ९ सय ७ मत प्राप्त गरेका छन । पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(१)मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४१ हजार ७ सय ४२ रहेको थियो ।

यस अघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेश सभामा क्रमशः एमालेका पदमा जिसि र लक्ष्मण बहादुर पाण्डे निर्वाचित भएका छ्न भने प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ र दुई तथा प्रदेश सभा १ को १ मा गणना जारी छ ।

नेकपा एमालेका नेता रोशनबहादुर गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो ।

गाहाले १७ हजार ८ सय २३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल ले १४ हजार १ सय १० मत प्राप्त गर्नु भएको छ । पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(२)मा ६७ हजार ६ सय ४६ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४५ हजार १ सय २९ रहेको थियो ।

यस अघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेश सभामा क्रमशः एमालेका पदमा जिसि र लक्ष्मण बहादुर पाण्डे निर्वाचित भैसक्नु भएको छ भने प्रदेश सभा १ को १ मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी हुनु भएको छ । प्रतिनिधिसभा तर्फ दुवै निर्वाचन क्षेत्र को मतगणना जारी छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्