
मीना कंडेल
कावासोती, मङसिर ५ गते
पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । त्यहाका निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार कावासोती स्थित कुमारवर्ति क्याम्पस भवनमा अहिले १२ वजेवाट गणना शुरु भएको हो । त्यहाका ३ वटा कोठाका ६ ठाउमा एकै पटक मतगणना शुरु भएको छ ।
क्षेत्र नम्बर २ मा कूल मतदाता १ लाख २९ हजार २ सय ८० मतदाता छन । त्यहा ८५ हजार ३ सय ९९ मत खसेको हो । ढिलोमा बुधवार राति अबेर सम्म त्यहाको मतपरिणाम सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।
प्रत्यक्षतर्फको ( प्रतिनिधि र प्रदेश सभा) गणना शुरुमा गरिने र त्यो सकिएपछि समानुपातिक मत गणना हुने छ ।
क्षेत्र नम्बर १ को देबचुलीको एउटा बुथमा अहिले निर्वाचन जारी रहेको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।
कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । स्थानीय नारायण भण्डारीले शान्ति श्रृजना आधारभुत बिद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहा पुःन निर्वाचन भएको हो । भण्डारीले ३ पटा पत्रपत्रमा मत खसाले पछि अन्तिम मतपेटिकामा बडिलोशन ( शरिरमादल्ने औषधी) हालेर प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए ।
यहाको सांझ ६ वजेवाट गणना शुरु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिन्ु भयो । मतगणना हुने सदरमुकाम कावासोती स्थित कुमारवर्ति क्याम्पसमा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।