कावासोती, मङसिर ४ गते ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ६६ प्रतिशत बढि मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ६६ दशमलब ४९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।
प्रमुख भुसाललका अनुसार महिला ९६ हजार ६८० र पुरुष ७६ हजार ५०० गरि कुल १ लाख ७३ हजार १८१ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो ।
जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्र मध्य देवचुली ४ झाक्रेको एक मतदान केन्द्र बाहेक अन्य सबैमामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उहाँको भनाई छ । दुई संघ र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४६१ मतदाता रहेका छन् । जसमा संघ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार १८१ र २ तर्फ १ लाख २९ हजार २८० मतदाता रहेका छन् ।०४-०८-२०७९
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
