24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

देबचुलीमा भोलिनै मतदान

- Advertisement -Flowers in Chania

कावासोती । पूर्वी नवलपरासीको देबचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिका जलाएका कारण रद्ध गरिएको निर्वाचन भोली नै हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुंइटेलले आज स्थगित भएको त्यो वडामा भोलि बिहान ७ बजेवाट सांझा ५ बजेसम्म मतदान हुने जानकारी दिए । स्थानिय नारायण भण्डारीले शान्ति श्रृजना आधारभुत बिद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहा पुःन निर्वाच हुने भएको हो । त्यहाका निर्वाचन अधिकृत माधबराज गौतमले निर्वाचन रद्ध गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए ।
गौतमका अनुसार त्यहाका नारायण भण्डारीले प्रदेश समानुपातिक तर्फको मतपेटिका जलाएका थिए । अन्य ३ पटा पत्रपत्रमा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोशन ( शरिरमा दल्ने औषधी) हालेर आग्जनी गरेका हुन । ९ सय ८० मतदाता रहेको त्यो निर्वाचन केन्द्रमा ७ सय मत खसेको थियो छ । उनले मतपेटिकामा बडि लोशन दलेर मतपेटिकामा खसाएको बयान दिएका छन । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।०७८-७-४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्