8.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा ३३ प्रतिशत, देशभर ३२ प्रतिशत मत खस्यो

- Advertisement -

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत देशभर ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान भएको छ ।

यता नवलपुरमा दिउसो १ ;३० बजे सम्म ३३ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो १ ; ३० बजे सम्ममा ३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।
प्रमुख भुसाललका अनुसार महिला ४३ हजार ७ सय १२ र पुरुष ४१ हजार ४ सय ४७ गरि कुल ८५ हजार १५९ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्