राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफ्नो पार्टीले बहुमत प्राप्त गरेमा अहिले सम्मका भष्टाचारका मुद्दाको छानविन गर्ने भन्दै पुराना दल र नेता डराएको बताएका छन् । पुर्वी नवलपरासीको कावावासोतीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।
आफु र आफ्नो पार्टीले चुनाव जित्ने निश्चित भएपछि ठुला भनिएका दल आफुलाई झुटो मुद्दा र भौतिक आक्रमणमा उत्रिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको जनलहरले मतदाताले परिवर्तन खोजको महसुस भएको बताए । ‘एक पटक हामीलाई विश्वास गरेर भोट दिनुस । हामी तपाईको विश्वास गुम्न दिने छैनौ ।’लामिछानेले भने, ‘अहिलेको चुनावले तपाईको सन्तानको भविष्य कोर्नेछ । ’ पुर्वी नवलपरासीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेका क्षेत्र नम्बर १ का उम्मेदवार राजन गौतमले आफुले वर्षौ सम्म विद्यार्थिलाई अध्यापन गराएर परिक्षा पास गराएको तर अहीले आफु विद्लयको परिक्षा भन्दा ठुलो मुलुकको मुहार फेर्ने परिक्षा दिन लागेकाले सबैको साथको अपेक्षा गरेको बताए ।
- Advertisement -
- Advertisement -
- Advertisement -