
नवलपरासी २९ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सचिव एवं वरिष्ठ नेता लिलामणि पाेखरेलले युद्ध र आन्दोलनबाट आएकाे परिवर्तनकाे रक्षार्थ गठबन्धन बनेको बताउनु भएकाेछ ।
पाेखरेलले मंगलबार पूर्वी नवलपरासीकाे डण्डामा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै गठबन्धन जननिर्वाचित जनप्रतिनिधिकाे संस्थालाई बलपूर्वक समाप्त गर्ने संविधानलाई च्यातचुत पार्ने प्रबृत्ति बिरूद्दकाे लडाईकाे एकता हाे भन्नू भयाे ।
देशमा जारी संविधान दलहरू बीचकाे सम्झौताकाे संबिधान भएकाेले यसलाई कसैले चाहदैमा ताेड्न नसक्ने पाेखरेलले बताउनु भयाे ।
गठबन्धनका दलहरू बीच बैचारिक बिमतिहरू रहदा रहदै पनि लाेकतान्त्रिक संविधानकाे रक्षाका निमित्त गठबन्धन दशाैं बर्षसंगै अघिबढ्न सक्ने पाेखरेलकाे भनाई रहेकाे छ ।
नवलपुर क्षेत्र नं.२ काे आयाेजनामा संचालित चुनावी काेण सभामा प्रदेशकका उम्मेदवार साेम सिरपालीले समग्र क्षेत्र र स्थानीय बिकासका निमित्त गठबन्धन सम्बद्ध दललाई बिजयी बनाउन उपस्थित मतदाताहरू संग आग्रह गर्नु भएकाे थियाे ।