कावासोती -स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक योद्धा तिलक प्रसाद सापकोटाको ७९ वर्षको उमेरमा निधन भएको छ । सापकोटाको उपचारकोक्रममा सेन्ट्रल अस्पताल चितवनमा निधन भएको हो । लामो समयदेखि श्वास प्रश्वासको समस्याबाट ग्रसीत सापकोटाको उपचारकोक्रममा आज निधन भएको हो । २०१५ सालदेखि निरन्तररुपमा नेपाली काग्रेसको राजनिति गर्दै आएका सापकोटा त्यागी र निष्ठावान नेताकारुपमा परिचित थिए । शुक्रवार अन्तिम सस्कार गरीने नेपाली काग्रेस नवलपुरका सचिव महेन्द्र पोखरेलले बताए । मृतक सापकोटाको १ श्रीमती ७ छोरा र ४ छोरी रहेका छन् ।