24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

केरुङ्गे खोलाको समस्या समाधानमा पहल गर्छु डा.कोइराला

- Advertisement -Flowers in Chania

कावासोती
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा घरदैलोमा व्यस्त हुन थालेका छन् । घरदैलोमा हिँडेका उम्मेदवारले मतदाताको घर पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ ।
दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा पुगेका हुन् । अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले घरदैलो लाई अगाडी बढाएका छन ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शशाकं कोइराला केही दिनयता मतदातासँगै हुनुहुन्छ । उहाँ मतदाताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्दै आउनुभएको छ । कोइरालासँग क्षेत्र नं १ नेकपा (एमाले)का कृष्ण पौडेल प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी–३ बाट संविधानसभा सदस्य बन्नुभएका पौडेलले पनि मतदाता भेटघाटलाई निकै तीव्रता दिनुभएको छ ।
यसेैविच पूर्वी नवलपरासीको कावासोती नगरपालिका–४ र ५ जोड्ने केरुङ्गे खोलाको डा. शशाकं कोइरालाले अनुगमन गर्नुभएको छ । वडा नं ५ मा घरदैलो गर्नेक्रममा केरुङ्गे खोलामा वर्षेनी आउने बाढीले यहांका मानिसलाई क्षति पुयाउने गरेको गुनासो आएपछि केरुङ्गे खोलाको अनुगमन गरिएको हो ।
खोलाको दुवै छेउमा ५।५ सय मिटरको ड्याम बाध्नु पर्नेमा ५० मिटरको छेकबार लगाएको भएपनि बर्षादमा ठूलो बाढी जाने यस खोलामा ५० मिटरको जालतारले थेग्न नसकी खोला पुल भन्दा बाहिरबाट छेउ लाग्न सक्ने हँुदा यसतर्फ ध्यान दिनु पर्ने स्थानीय रमीला भुजेलले बताउँनु हुन्छ । उहाँले भन्नुभयो “ यहांका छिपछिपे, हसौरा, जुगेपानी र गिरुवारी सम्मका मानिसले खोलामा वर्षेनी आउने बाढीले धनजनको क्षतिको साथै डर र त्रासमा वस्नुपर्ने बाध्यता रहेको भुजेलको गुनासो छ । ”
खोलाले धार परिवर्तन गर्दा मानविय क्षति समेत हुनसक्ने भन्दै जुन पार्टिका उम्मेदवार मत माग्न आएपनि आफ्नो एउटै माग केरुङ्गे खोलाको समस्या समाधान गर्ने रहेको कावासोतीका गोपाल श्रेष्ठले बताउनु भयो । डा. कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्ने तर्फ आफुले सक्दो पहल गर्ने प्रतिबद्धता दिनु भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्