24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

बबकमा फस्टाउदाे सुन्तला खेती

- Advertisement -Flowers in Chania

नवलपरासी १५ कार्तिक-
के भन्नू सर ! यस पाला सुन्तला बाेटलेनै धान्न सकेन,करिव २ क्वीन्टल त कांचै टिपेर फालियाे ।
बाैदीकाली ५ बबक निवासी ४४ वर्षीय प्रताप रानाले आफ्नाे घर नजिकैकाे सुन्तला बगान देखाउदै भन्नूभयाे ।
माैषम अनुकुल रहेकाे याे वर्ष बबकमा सुन्तला राम्रै फलेकाे स्थानीयकाे भनाई रहेकाे छ ।


पूर्वी नवलपरासीकाे पहाडी गाउँ बबक उत्तर फर्किएका अन्य बस्तीकाे तुलनामा सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छ ।
सरकारले यहांकाे पहाडी कतिपय क्षेत्रलाई सुन्तला जाेन घाेषणा गरे पछि त बबकमा सुन्तला खेती झनै फस्टाउदाे छ ।
राेग किरा र हावाहुरी नलाग्दा यस पटक सुन्तलामा फल बाक्लाे बस्दा दाना भने तुलनात्म रूपमा केही साना रहेकाे स्थानीयले बताए ।
बबकका सुन्तला रसिला र गुलिया हुने हुंदा बिक्रीका लागि बजारकाे कुनै समस्या नरहेकाे स्थानीय गेस बहादुर राना बताउनुहुन्छ ।
पेसाले शिक्षक , राना शिक्षण कार्यका अतिरिक्त खेतीपाती पनि गर्नु हुन्छ, घर अगाडि नै उहाकाे स्थानीय र बिकासे जातका गरि करिव ८० बाेट सुन्तला रहेकाछन् ।
सुन्तला खेतीका लागि नाम कमाएकाे बबकका कतिपय मानिस राेजगारी र अन्य ब्यवसायका लागि सहर तर्फ लागे पनि राना भने सुन्तला कै मायाले गाऊं छाड्न नसकेकाे बताउनु हुन्छ ।
राना जस्तै बबककै बाेझादी गाउंका किसानलाई यस वर्ष सुन्तला बिक्री गर्न बजार झर्नु परेकाे छैन, सुन्तला किन्न ब्यापारीहरू गाउंमै पुग्ने गरेकाछन् ।
फलफूल मध्येकाे मिठाेफल सुन्तला यहांका राईकाेट,जाैवारी,लपाक,मधुकाेट, लाहापे,माझडाडा,भदाैरी,काेटथर लगायतका बस्तीमा ठूलाे परिमाणमा उत्पादन हुने गर्दछ ।
यस वर्ष सुन्तला ५५ रूपैया प्रति किलाे गाउँ घरमै बिकेकाे छ । घर घरै ग्रामिण सडक पुगेकाे बबकमा सुन्तला ढुवानीका लागि यातायातकाे सहजता रहेकाे छ ।
यहाँका सुन्तला काठामण्डाै, पाेखरा, नारायणगढ लगायत जिल्लाकै कतिपय स्थानीय बजारमा पुग्ने गरेकाे छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्