पुर्वी नवलपरासीको बुलिङ्गटारमा तिर्थयात्री बोकेको बस दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । पाल्पाबाट मनकामना दर्शनका लागि जादै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउपालिका वडा नं. २ मथारमा सडकबाट तल खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको र ३० जना घाईते भएको भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको र अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरीरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले बताए । विहान करिब ५ वजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन ल्याउने काम भइरहेको छ । भौगोलिक बिकटताको कारण उद्धारमा कठीनाई भएको छ ।