हुलाकी संवाददाता
कावासोती
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनकालागि नवलपुरको एकै वार्ड बाट ९ जनाले उम्मेदवारी दिएका छन् ।
कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै ९ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि नवलपुरको क्षेत्र नं. १ बाट सुर्य प्रसाद सापकोटा र विन्दु भट्राईले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । त्यस्तै रुक्मागत चापागाइले नेपालकालागि नेपाली पार्टीबाट सोही पदमा उम्मेदबारी दिएका हुन् । त्यसै गरी सोही वार्डका तिल बहादुर महत क्षेत्रीले निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. १ को ख बाट प्रदेश सभा सदस्यकालागि खिम बहादुर सुनार नेपालका लागि नेपाली पर्टीबाट, गणेश प्रसाद पोख्रेल नेपाली कांग्रेस (विपी)बाट, छविलाल मगर जनता समाजबादी पार्टी नेपाल बाट, शिव कुमार बुढा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
त्यसै गरि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट डा. गोपाल खनालले क्षेत्र नं. २ ख को प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
