नेपाली काग्रेसका केन्द्रिय सदस्य एवंम पुर्वी नवलपरासी क्षेत्र नम्बर १ का नेपाली काग्रेसका उम्मेदवार डा. शशाकं कोईरालाले निर्वाचन पछि आफु प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसंग कुराकानी गर्दै कोईरालाले आफुले यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।‘तीन पटक सम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन् ।’उनले भने,‘यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न काग्रेसको तर्फबाट प्रधानमन्त्रीको उममेदवारकोरुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’
कोईराला नवलपुर क्षेत्र नम्बर १ बाट तीन पटक निर्वाचित भईसकेका छन् भने अहिले चौथो पटक चुनावी मैदानमा छन् । तीन पटक सम्म विकास निमार्ण र नितीगतरुपमा काम गरेको र समृद्ध नवलपुर निमार्णको बाकिं काम सम्पन्न गर्नका लागि आफु पुन चुनावमा होमीएको उनले बताए । पुर्वी नवलपरासीमा उम्मेदवार मनोनयन चलरहेको छ । नेकपा एमाले लगाएतका अन्य दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरीसकेका छन् भने प्रदेश तर्फ काग्रेस लगाएतको गठबन्धनले मनोनयन र्दागर्ने क्रममा छन् ।
- Advertisement -

- Advertisement -

- Advertisement -
