कावासोती -लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाब बढेपछि पुर्वी नवलपरासीको गण्डक बाधंको ३६ वटै ढोका खोलिएको छ ।
ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको हो । नदीको सतह खतरा नजिक पुगेपछि विहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि विहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । विहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब छ ।
तटिय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सुचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षतीपुग्न सक्ने भन्दै पुर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
- Advertisement -

- Advertisement -

- Advertisement -
