8.1 C
Kathmandu
Flowers in Chania

पश्चिम नवलपरासी काग्रेसद्धारा ६१ जनाको नाम सिफारिस

- Advertisement -

कांग्रेस पश्चिम नवलपरासीमा प्रत्यक्षतर्फको प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक सदस्यतर्फ गरी ६१ जनाको नाम सिफारिस गरेको छ ।समानुपातिकतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको संख्या ४० र प्र्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा २१ जनाको नाम सिफारिस गरिएको जिल्ला सचिव कुलदिप आचार्यले बताए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, संविधान सभा सदस्य देवकरण जयसवाल, कुलदीप आचार्य, उषा बास्तोला र उद्योगपति बिनोद चौधरीलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) प्रत्यक्षमा विश्वप्रेम पाठकको एकल सिफारिस गरिएको छ । प्रदेश सभा (ख) बाट मुकुल कुमार आचार्यको नाम एकल सिफारिस गरिएको छ ।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) को प्रत्यक्षतर्फ यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहाुर रायमाझी र मोहन प्रसाद शर्माको नाम सिफारिस गरिएको छ । प्रदेश सभा (ख) प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य बैजनाथ कलवार, विक्रम यादव, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवाली, विनोद कुमार पाण्डे र को नाम सिफारिस गरिएको छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक सदस्यतर्फ लालबहादुर गुरुङ, गिरीषबहादुर थारु, ज्ञानीमाया लामा र अम्बिका चौधरी सिफारिस भएका छन् । प्रतिनिधि सभाको समानुपातिक सदस्यतर्फ सिफारिस हुनेमा पार्टी जिल्ला सभापति अर्जुन पोखरेल, रामचन्द्र मौर्य र मञ्जु खत्री रहेका छन् ।
प्रदेश सभाको समानुपातिक सदस्यतर्फ शुकबहादुरु गुरुङ, दीपप्रकाश लोहनी, तपचन्द्र विश्वकर्मा, कर्णबहादुर विक, प्रेमकामु मगर, पशुपति चौधरी, सूर्यमान चौधरी थारु कमला पराजुली, धनमति सापकोटा, बिजुला श्रेष्ठ, रमिता चौधरी, लक्ष्मी तिवारी र विन्दा कहँरलाई सिफारिस गरिएको छ । प्रदेश सभाकै समानुपातिक सदस्यतर्फ हस्मुदिन शेख, राधिका पाण्डे, बिमला उपाध्याय, रमादेवी चौधरी, देवी पोखरेल, उत्तमा राय, रामबहादुर क्षेत्री, गीता पौडेल, गोपी पुन, रुद्रनाथ राय थारु, सीता गुरुङ, ज्योति ढकाल पराजुली, शिवशंकरप्रसाद राय, कृष्णनारायण श्रेष्ठ, सुनिता सुवेदी श्रेष्ठ, टिचन गुरुङ, आरधना भट्ट, अयोध्याप्रसाद यादव, राधेश्याम पाठक र अनिता दवाडी तिवारी र रम्भा कुवंरलाई सिफारिस गरिएको छ ।
जिल्लामा देवेन्द्रराज कडेंल र बिक्रम खनालबीचको गुटको चर्को द्धन्द्धको कारण एक अर्काले दोषारोपण गर्दै आएका छन् । क्षेत्र नम्बर २ का सभापती माधव पाण्डेले देवेन्द्रराज कण्डेलको एकल सिफारिस गरीएको बताएपनि जिल्ला समितिले भने यसलाई मान्यता दिएको छैन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्