पुर्वपश्चिम राजमार्ग अन्र्तगत पुर्वी नवलपरासीको दुम्किवासमा यात्रु बहाक बस पल्टदा २१ जना घाईते भएका छन् । बुटवलबाट नारायणगण तर्फ आउदै गरको ना ५ ख ५१०० नम्बरको बस अमज विहान ६ बजे आफै अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी संतोष पाठकले बताए । घाईतेहरुको दुम्किबास र कावासोतीमा रहेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । बस पल्टिएपछि आगलागी भएर पुर्णरुपमा नष्ट भएपनि मानवीय क्षती भने भएको छैन् । सडक विस्ताकोक्रममा अहिले नारायणगण बुटवल सडक खण्डमा खाडल र धुलोले गर्दा सवारी दुर्घटना बढेको छ ।