8.1 C
Kathmandu
Friday, August 19, 2022
Flowers in Chania
Flowers in Chania

मुल्य वृद्धीको विरोधमा नेविसंघद्धारा चक्का जाम

- Advertisement -Flowers in Chania
- Advertisement -Flowers in Chania

मुल्य वृद्धीको विरोधमा पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाल विद्यार्थी संघले विरोध प्रदशर्न सहित आधा घण्टा चक्का जाम गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धी गरेसंगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मुल्य वृद्धी भएको भन्दै बढाएको मुल्य समायोजन गर्न नेविसंघले आन्दोलन गरेको नेविसंघ नवलपुरका सचिव एलएन दवाडीले बताए ।
विरोध कार्यक्रममा बोल्दै नेविसंघका निबर्तमान केन्द्रिय सदस्य आरसी भट्टराईले नेविसंघ सत्ता नेतृत्व गर्ने नेपाली काग्रेसको भातृ संगठन भएपनि जनजिविकाको पक्षमा सधै लडिरहने बताए । सत्तामा बस्दा नेतृत्वले जे गरेपनि टुलुटुलु हेरेर बस्नु भन्दा रचनात्मक सहयोग गर्ने र जनताको पक्षमा नरहेको निर्णयमा विरोधमा उत्रिने बताएका थिए ।
विरोध सभामा सहभागीले मुल्य वृद्धी खारेज गर , जनतालाई क्षती भो , मुल्य वृद्धी अती भो , हाम्री आमा के भन्छिन् , खाने तेल सस्तो ले भन्छिन् लगाएका प्ले कार्ड बोकेका थिए । विरोध प्रदशर्नमा जिल्लामा रहेका नेविसंघ इकाईका प्रतिनिधी र जिल्ला स्तरका विद्यँर्थी नेताहरुको सहभागिता थियो ।

- Advertisement -Flowers in Chania

ताजा खबर

- Advertisement -spot_img

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!