नवलपुर कावासोती ३ का करण सेन ठकुरी(mc king) लाई नेपालको पहिलो हिपहप रियालिटी सो नेपहपको श्रीपेचको बिजेता बनाउन भोट अभियान सुरु भएको छ । फाईनलमा प्रवेश गरेका पाचं प्रतिस्पर्धी मध्य (mc king) को नाम बाटपरिचित ठकुरी अहिले गृह नगर कावासोतीमा आएका छन् । आफुलाई देशै भरबाट दर्शकले साथ दिएको र थप सहयोग र साथ अफ्नो गृह जिल्लाबाट हुने विश्वासको साथमा उनले भोट अभियान चलाईरहेका छन् । उनको सहयोगमा कावासोतीका युवाहरु लागि परेका छन् ।
https://www.youtube.com/watch?v=o9McTiBEz0U&t=7s
कावासोतीको सिदार्थ आवासीय मावीमा एसईई सम्मको अध्ययन गरेका ठकुरीले चितवनको अरोमाबाट प्लस टु र अहिले गुरुकुल सिए काठमाण्डौमा अध्ययन गरीरहेका छन् । उनलाई भोट गर्नका लागि ओएसआर कनेक्ट एप डाउनलोड गरेर नेपहपको फाईनलिष्टको फोटो मध्य करण सेन ठकुरीको फोटोमा क्लिक गरेर भोट गर्न सकीनेछ । असार १८ गते विहान १० बजे सम्म मात्र भोट गर्न सकीने भएकाले सबैले भोट गरीदिन ठकुीले आग्रह गरेका छन् । ठकुरीको केटाहरु सबै साबधानी , अधुरो साथ लगाएतका धेरै हिपहप गित चर्चित भएका छन् । यो रियालिटी सो हरेक हप्ता इमेज च्यानलबाट प्रशारण भईरहेको छ ।