परासीमा सोमबार गोली प्रहार गरेर फरार रहेका ब्यक्ति आज पक्राउ परेका छन् । गोली प्रहार गरेर फरार रहेका सरावल गाउंपालिका ४ का हर्षराज यादबलाई जिल्लाको सुनवलबाट प्रहरीले पक्राउ गरेको हो । सुनवल ५ बनकट्टिमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा केह बेर अगाडी हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ऋिषिराम कण्डेलले बताए । पक्राउ परेका यादबको साथबाट ७.६५ एम एमको अमेरीकन पेस्तोल र एउटा गोली सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यादवले अशंबण्डाको मुद्दाको मिलापत्र गर्न जानेक्रममा जिल्ला अदालत अगाडी आफ्नै काकीलाई लक्षित गरेर गोली प्रहार गरेका थिए ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
