परासी -पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउंपालिका ४ का हर्षराम यादबले आफ्नी काकी रोशनी यादबलाई लक्षित गरेर गोलि प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोलि प्रहार भएपनि मानवीय क्षती भने भएको छैन् ।
सोमबार जिल्ला अदालत परासीमा अशं मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादबलाई लक्षित गरेर गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोलि प्रहार गर्ने यादब फरार रहेको र खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेम बहादुर शाहीले बताए । जिल्ला अदालत अगाडी दिउंसोको समयमा नै गोलि प्रहार भएपछि स्थानीय त्रसीत भएका छन् ।
- Advertisement -
- Advertisement -
- Advertisement -