कावासोती —पुर्वी नवलपरासीमा नारायणी नदी किनार सरसफाई गरीएको छ । पर्यटकीय क्षेत्रकोरुपमा विकास भईरहेको नारायणी नदी किनार प्रदुषित हुदै गएपछि पर्यटन व्यवसायीको अगुवाईमा नदी किनार सफाई गरीएको हो । नदी किनार सफाईका लागि महानायक राजेश हमाल सहितको पर्यटन व्यवसायीको समुहले ३ किलोमिटर नदी किनार क्षेत्रमा रहेका बोत्तल तथा अन्य फोहर जन्य सामग्री संकलन गरेका थिए । २ व्न्टिल भन्दा बढी प्लास्टिक जन्य फोहोर संकलन गरीएको टाईगर रिसार्ट देवचुली १७ का संचालक नारायण केसीले बताए । पर्यटकीय क्षेत्रकोरुपमा विकास हुदै गएको जिल्लाको दक्षिणी भेग नारायणी किनारमा मानिसहरुको चहल पहल बढेपछि नदी किनार प्रदुषित बन्दै गएको छ । प्रदुषण बढ्दा नारायणीमा रहेका जलचरलाई असर पर्ने भन्दै स्थानीय सरसफाईमा जुटेका हुन् ।