8.1 C
Kathmandu
Flowers in Chania

देउराली हुप्सेकोट शहरी खानेपानीमा गठबन्धनका रजाली अध्यक्षमा बिजयी

- Advertisement -

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा ओमन सिंह रजाली निर्वाचित भएका छ्न ।

सोमबार अबेर राती सकिएको मतगणना अनुसार अध्यक्षमा निर्वाचित रजालीले संस्थाका वर्तमान अध्यक्ष  मेकबहादुर पुलामीलाई २६४ मतान्तरले पराजित गरेका हुन । रजालीले १३२० मत प्राप्त गर्दा पुलामीले १०५६ मत पाएका निर्वाचन अधिकृत  कृष्ण सिग्देलले नवलपुर टाईम्सलाई जानकारी दिएका छन । रजाली नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनका उम्मेदवार हुन् भने पुलामी नेकपा एमालेका हुन् ।

त्यसै गरि सचीवमा गठबन्धनकै टेकनाथ सिग्देलले अर्का उम्मेदवार ईश्वरी प्रसाद रेग्मीलाई  २ सय ६४ मतान्तरले पराजित गरेका हुन । सिग्देलले १२७८ मत पाउँद  रेग्मीले १०१४ मत पाएका छ्न । त्यस्तै महिला सदस्यमा गंगाकुमारी भुजेल(११८९ मत) देवका गौतम (१२९३ मत) र सुशिला बिक (१२६७मत), लेखा संयोजकमा जुद्धबहादुर थापा ( १३२२ मत) लेखा सदस्यमा मानबहादुर मल्ल ठकुरी (१३१६ मत), लेखा सदस्य पदमा चण्डीकला बंसि (१३०५मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरि वाड नं १ संयोजकमा प्रेमबहादुर घर्ती, वडा नं २ संयोजकमा पहल सिंह राना, वडा नं ३ संयोजकमा टेकप्रसाद पाण्डे र वडा नं ४ संयोजकमा निरमाया थापा विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

विजयी उम्मेदवार मध्ये वडा नं २ का संयोजक राना बाहेक सबै गठबन्धनबाट निर्वाचित भएका हुन । २०७८-९-५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्