8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

एमसीसीको विरोधमा संसद भवन प्रवेशद्धारमा प्रदर्शन

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौँ – मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन भएको छ । मंगलबार सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतका घटकहरुको आह्वानमा एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन भएको हो ।


दजनौँको संख्यामा भेला भएका युवाहरुले ‘एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैन’, ‘दलालहरु होसियार, एमसीसी खारेज गर’ लगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए ।

एमसीसीको विरोध गर्दै सडकमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको छ भने केही युवाहरुको समुहलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नो एमसीसी लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!