नवलपुर l कोरिया गणतान्त्रिक सरकारले कोरियालि अन्तराष्ट्रिय सहयोग नियोगद्धारा सन २०१५,जुलाई मा नेपाल सरकार सँग सम्झौता गरि सञ्चालित समावेशि ग्रामिण विकास परियोजना, नवलपरासिको माध्यमबाट नवलपरासि जिल्लामा सहयोग पुर्याउदै आएको छ ।
यो परियोजनाले विशेषतः आधारभुत पुर्वाधार परियोजना, शर्तसहितका पुर्वाधार, र स्थानियद्धारा पहल गरिएका परियोजना गरि तिन क्षेत्रमा काम गर्दै आएको छ। यो परियोजना मध्यविन्दु नगरपालिकाकाृे वडा न. ६,७,८,९, सुनवल नगरपालिकाको वडा न. २,५,९ पाल्हिनन्दन गाँउपालिकाको वडा न.६ सरावल गाउपालिकाको वडा न. ७, प्रतापपुर गाँउपालिकाको वडा न.६,८ र सुस्ता गाउपालिकाको सञ्चालित छ। कोभिड १९ महामारिको विरुद्धको अभियानमा सहयोग पु¥याउने हेतुले परियोजनाद्धारा राहत र अस्थाई क्वारेन्टिन परियोजना सञ्चालन भईरहेको क्षेत्रमा उपलब्ध गराइएको थियो।
२०७८.०७.१५र १६ मा समावेशि ग्रामिण विकास परियोजना अन्र्तगतको आधारभुत पुर्वाधार परियोजना र शर्तसहितका पुर्वाधार कार्यान्वयन गरेको संथा कोरिया इन्जिनियरिङ्ख कन्सल्ट्यान्ट कर्पोरेशनले उक्त परियोजनाद्धारा निर्मित डिप बोरिङ्ख ट्युब वेल, पक्कि पुल,सुधारिएको पक्कि सडक र विद्यालयको भौतिक वातावरण सुधार परियोजनाहरु मध्यविन्दु नगरपालिकामा हस्तान्तरण गरियो । उत्त हस्तान्तरण समाहरोहमा मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना, उपप्रमुख ओम कुमारी महतो, कोइका, कोरियन बिशेषज्ञ टिम र मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति थियो।
समाहरोहका बिच मध्यबिन्दु नगरपालिकाका प्रमुखले निरन्तर सहयोगका लागि दक्षिण कोरिया सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाले कोरियालि अन्तराष्ट्रिय सहयोग नियोग र कोरिया इन्जिनियरिङ्ख कन्सल्ट्यान्ट कर्पोरेशनप्रति कृतज्ञता ज्ञापन गर्नुका साथै निर्मित संरचनाले सिङ्खौश नगरपालिकाकै उत्पादन र जिवनस्तरमा सुधार ल्याउने विश्वास प्रकट गर्नुभयो । उहाले परियोजनाद्धारा निर्मित संरचनाको दिगोपनका लागि नगरपालिकाले अपनत्व ग्रहण गर्ने दृढता व्यत्त गर्नुभयो ।
नगरप्रमुखको कुरामा सहमति जनाउदै, परियोजना संचालक समितिका सदस्य प्रल्हाद कार्किले कोरियालि अन्तराष्ट्रिय सहयोग नियोग र कोरिया इन्जिनियरिङ्ख कन्सल्ट्यान्ट कर्पोरेशनप्रति बधाई ज्ञापन गर्दै परियोजनाको परिणाम समुदायमा देखिएको र सयौघरधुरिलाई फाइदा पुगेको बताउनु भयो ।
त्येसैगरि अन्तराष्ट्रिय सहयोग नियोग कार्यालय नेपालका देशिय निर्देशक सङ्खहुन कोले यो परियोजना दिगो हुनुका साथै आगामि दिनमा नवलपरासि जिल्लावासिहरु लाभान्वित हुने आशा व्यत्त गर्नुभयो। उहाले श्वस्थ्य र राम्रो बासस्थानको लागि स्मार्ट कृषिको आवश्यकतामा जोड दिदै कोरिया इन्जिनियरिङ्ख कन्सल्ट्यान्ट कर्पोरेशन र स्थानिय सरकारलाई सफलताको शुभकामना दिनुभयो।
कोरिया इन्जिनियरिङ्ख कन्सल्ट्यान्ट कर्पोरेशनद्वारा कार्यान्वयन गरिएका विभिन्न क्षेत्रहरुमा सञ्चालित परियोजनाका यस्तै अन्य संरचनाहरु सम्बन्धित नगरपालिका तथा गाउपालिकाहरुलाई छिटै हस्तान्तरण गरिने छ। उल्लेखित पुर्वाधार बाहेक जिल्लाका अन्य पालिकाहरुमा यस परियोजनाले वडा कार्यालयको जीर्णोद्धार, बाढि आश्रय र सार्वजनिक शौचालय निर्माण, गरेको छ।
सिचाँईको लागि पानी आपुर्तिमा सहयोग र समुदायको कृषि उत्पादन बढाउने उद्देश्यले डिप बोरिङ्ख ट्युब वेल निमार्ण गरिएको छ। साथै सुधारिएको गाउको सडक, पुल, विद्यालयको र वाड कार्यालयको मर्मतसम्भारले स्थानिय बाकिन्दाको समग्र दक्षतामा टेवा पुग्दछ। थ्प रुपमा नेपाल सरकारले सुधारिएका सं।चनाहरुलाई दिगो बनाउनुका साथै पूर्ण रुपमा उपयोग गर्ने पूर्ण अपेक्षा छ। यी सबै परियोजनाहरु स्थानियद्धारा माग गरिएका, कार्यान्वयन र प्रयोग गरिएका छन। सामुदायिक सहभागिता समावेशि ग्रामिण विकास परियोजनाको मुल मन्त्र हो।
गणतन्त्र कोरिया सरकारले कोइका मार्फत सन् १९९१ देखि शिक्षा श्वास्थ्य, कृषि, ग्रामिण विकास र आइसिटि क्षेत्रमा नेपाल सरकारलाई परियोना र स्वयमसेवाद्धारा सहयोग गर्दै आएको छ ।
कोइकाले प्रदेश नम्मर ३ र ४ का १२ जिल्लाका १०,००० साना किसानको आयमा सुधार गर्न केन्द्रित रहेको फलफुल र तरकारिको मूल्य श्रृंखला विकासको लागि युएनडिपि सँग सहकार्य गरि परियोजना सञ्चालन गरिरहेको छ । यसैगरि आगामि एकिकृत श्वास्थ्यको पहँुच र आथिर्क वृद्धिद्धारा गा्रमिण समुदायको शसत्तिकरण सहभागितामूलक श्वास्थ्य र ग्रामिण विकास र आर्थिक अवस्था सुधारका लागि प्रतिबद्ध रहेने छ ।
- Advertisement -

- Advertisement -

- Advertisement -
