गंगा बिश्वकर्मा, चोरमारा । नवलपुरको बिनयी त्रिबेणी गाउपालिकामा प्रथम दुम्कीवास आदिवासी जनजाती महोत्सब २०७८ हुने भएको छ ।
आदिबासी जनजातीहरुको कला र सस्कृती संरक्षण गर्नका लागि मंसिर १० गतेदेखी १९ गतेसम्म महोत्सव हुने भएको हो । आज दुम्कीबासमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाती युवा महासंघ जिल्ला नवलपुरका अध्यक्ष नेम्सु सुनारी मगरले आदिवासी जनजाति समुदायको बाहुल्य रहेको दुम्कीबासमा हुने महोत्सवबारे जानकारी दिनुभएको हो ।
आदिवासी जनजातिहरूको पृथक मौलिकता, ऐतिहासिक सभ्यता र बहुआयामिक संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गरी सामाजिक ,आर्थिक क्षेत्रमा सशक्त बनाउन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष सुनारी मगरले बताउनुभयो । नवलपुर जिल्लामा रहेका नौवटा आदिवासी जनजाति समुदायको पहिचान जोगाउन समेत महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने आयोजकले बिश्वास लिएको छ ।
लामो समय कोभिड १९ का कारण थलिएको समाजलाई मनोरञ्जन दिनका लागि समेत स्वाथ्यका मापदण्ड पुरा गरि महोत्सब सञ्चालन गरिने आदिवासी जनजाती युवा महासंघ जिल्ला नवलपुरका उपाध्यक्ष सुरेश कुमालले बताउनुभयो । उहाले महोत्सब भरी स्वाथ्य शिबिर समेत सञ्चालन हुने बताउनुभयो ।
महोत्सवको अवसरमा विभिन्न जातजातिको सांस्कृतिक घरसहित मौलिक खाना र खाजाका परिकार, पोशाकल कृषिजन्य बस्तुको व्यापार लगायतको प्रदर्शनीसमेत हुने उहाले बताउनुभयो ।
महोत्सवको अनुमानित खर्च ६० लाख रहेको उनले बताए । महोत्सवको आम्दानीको रुपमा स्थानिय तहहरुको सहयोग , स्टल भाडा, टिकट बिक्री, प्रायोजक, व्यवसायिक व्यानर, बाल उद्यान लगायत रहने छन् ।
महोत्सब अबलोकन गर्न आउने पर्यटकहरुका लागि ६५ रुपैया टिकटदर कायम गरिएको छ भने बिद्यार्थीहरुलाई ५५ रुपैया र जेष्ठ नागरिकहरुलाई बिशेष छुटको व्यबस्था गरिएको आयोजकले बताएको छ । महोत्सव अवधिभर डेढ करोडको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।
जातीय पहिचान र संस्कृति जोगाउन महोत्सव गर्ने तयारी गरिएको अध्यक्ष मगरले बताउनुभयो । उनका अनुसार बिनयी त्रिबेणी गाउपालिकाको बिनयी खोलाको किनारमा महोत्सव गरिने छ। महोत्सबमा १ सय ५० वटा स्टलहरू राखिने भएकोछ।
जनजाति समुदायको मौलिक पन र पृथक पहिचानलाई आत्मसाथ गरी निरन्तर जीवन्त गराउने आयोजकको भनाई छ । महोत्सब अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थीति रहने छ भने महोत्सबमा नै नवलपुर ओपन डान्स च्याम्पीयन्सीप समेत सञ्चालन गरिने छ ।