25.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा न्यन क्षती : कृषि ज्ञानकेन्द्र प्रमुख शर्मा

- Advertisement -Flowers in Chania

कावासोती – पूर्वी नवलपरासीमा बेमौसमी पानीका कारण धानबालीमा न्युन क्षति भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्माका अनुसार पूर्वी नवलपरासीमा २० हजार ६ सय ७० हेक्टर जमिनमा धान लगाईएकोमा गत आईतबारदेखिको वर्षातले करिब ३० हेक्टर खेतमा पाकेको धान ढलेको साथै करिब १० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान डुबानमा परेको छ । शुक्रबारबाट घाम लागेकाले नकाटेको धानमा थप क्षती नहुने उनको भनाई छ । १० हेक्टरमा काटेको धामा पुर्ण क्षति भएपनि ढलेको ३० हेक्टर धानमा भने पुर्ण क्षति नहुने शर्माले बताए ।

नवलपुरको भित्री मधेष र तराईका भू–भागमा धान काटने समय भएपनि ९० प्रतिशत धान काटनै बाकी रहेकाले क्षति कम हुन पुगेको ज्ञान केन्द्र प्रमुख शर्माले बाताए । सबैभन्दा बढि मध्यबिन्दु नगरपालिकाको वडा नंं.१ र २ त्यसैगरि कावासोती १७ मा भएको शर्माले बताए । अन्य स्थानमा काटेको नकाटेको धान ढलेको तर डुवानमा नपरेको शर्माले बताए ।

यस बर्ष नवलपुरमा धान उत्पादन बढ्ने अनुमान गरिएको भए पनि बर्षातका कारण धानबालीमा आंशिक भएको क्षति भएकाले सोचे अनुसारको उत्पादन मा कमि अउने देखिन्छ तरपनि अन्य बर्षा प्रभावित जिल्लाको जस्तो नवलपुरमा नरहेको शर्माको भनाई छ ।

नवलपुरमा गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा केहि कमि भने कमी आउने भएको छ । गत वर्ष ८९ हजार ७ सय ७९ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा यो वर्ष कम्तिमा ८३ हजार ७ सया मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो । बर्षाका कारण १० देखि २० प्रतिशत सम्म उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्