25.1 C
Kathmandu
Flowers in Chania

अनेरास्ववियु नवलपुरमा खैलाबैला , केन्द्रिय सदस्य मनोनयमा आपत्ति

- Advertisement -Flowers in Chania

कावासोती
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले केन्द्रिय कमिटीको सदस्य मनोनयनमा ब्यक्ति निकटमा मानिसलाई मात्र स्थान दिएको भन्दै अनेरास्ववियु नवलपुरका विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् । संगठनमा योगदान गरेका पुराना सदस्यलाई पादा लगाउदै नेताको गोजिबाट टपक्क टिपेर केन्द्रिय सदस्यमा मनोनयन गरीएको भन्दै आपत्ति जनाएका हुन् । दुई दिन अगाडीमात्र अनेरास्ववीयुले नवलपुरबाट केन्द्रिय सचिवालय सदस्यमा सागर न्यौपाने र केन्द्रिय सदस्यमा नेल्सन सुवेदी , केशव भुषाल , कृष्ण गैरे मनोनित गरेपछि जिल्लामा कृषशिल अनेरास्ववीयुका विद्यार्थी नेताले आपत्ति जनाएका हुन् । जिल्लामा कृयाशिल सुरज सापकोटा, विष्फोटन गिरी , विष्णु पौडेल , कमल चापागाई लगाएतका विद्यार्थी नेताले सामाजिक संजाल मार्फत असन्तुष्टि व्यक्त गर्दै नेताको नजिकका मानिसलाई मात्र केन्द्रिय सदस्यमा मनोनित गरीएको भन्दै निर्णय सच्याउन र नसच्याएमा ठुलो संख्यामा सदस्य सहित संगठन नै छाडीदिने चेतावनी दिएका छन् ।
नेकपा एमालेका नेता एवंम अनेरास्ववीयु नवलपुरका इन्चार्ज भिम कण्डेलले केन्द्रिय सदस्य मनोनयन बारे आफु अनविज्ञ रहेको प्रतिकृया दिनुभयो ।‘खोई एक्कासी विद्यार्थी संगठनको केन्द्रिय सदस्य मनोनयन भएको थाहा पाईयो , मलाई यस बारे थाहा छैन् ।’उहाले भन्नुभयो ,‘विद्यार्थी भाईहरुले फोन गरेर असन्तुष्टि ब्यक्त गर्नुभएको छ । जिल्लामा यस बारे छलफल नै भएको छैन् ।’
सामाजिक संजालमा केन्द्रिय सदस्य मनोनयन बारे असन्तुष्टि ब्यक्त गर्दै केन्द्रिय सदस्यका आकाक्षी कमल चापागाईले पत्रकार सम्मेलन मार्फत आफ्ना कुराहरु राख्ने र नेतृत्वले निर्णय नसच्याएमा पार्टी र संगठन नै छाडीदिने बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्