24.1 C
Kathmandu
Thursday, December 7, 2023
Flowers in Chania

बल्ल खुल्यो , नाका

- Advertisement -Flowers in Chania

नेपाल सरकारले आसेज १३ गते अन्तरास्ट्रिय सिमानाका खोल्ने निर्णय गरेपनि पुर्बी र पश्चिम नवलपरासीको महेषपुर नाका र छोटी भन्सारको नाका भने आईतबार मात्र खुलेको छ । मानिसहरु ओहोरदोहोर गरेको भएपनी सवारीसाधन आवातजावत गर्न सुरक्षा निकायले रोक लगाउदै आएका थिए । सरकारले खुल्ला गर्ने निर्णय गरेपनि औपचारक पत्र १४ गते आएको र भारतीय पक्षसंग छलफल गरेर दुवै तर्फ नाका खोल्दा ढिलाई भएको हो । सशस्त्रप्रहरी बल नेपाल २६ नम्बर गणका एसपी महेष अधिकारीका अनुसार औपचारिक परिपत्र १४ गते आएको र भारतीय सुरक्षाकर्मीहरु संग समन्वय गरेर साना तथा ठुला सवारी एक अर्को मुलुकमा प्रवेश १५ गतेबाट खुल्ला गरीएको हो । ‘अहिले सहजरुपमा नाकामा एकअर्को मुलुकमा आउजाउ भैरहेको छ ।’अधिकारीले भने,‘दशैको समय भएकाले भारत र नेपालका सिमावर्ती क्षेत्रमा किनमेल गर्नेको संख्या बढ्दो छ । स्वास्थ्य मापदण्ड पुरा गर्न सर्वासाधारणलाई आग्रह गर्दै आएका छौ ।’सामान्य किनमेल देखि कामका लागि सर्वसाधारण ओहोरदोहोर गरीरहेका थिए । डेढ वर्ष देखि ग्राहक कुरेर बसीरहेका व्यवसायी खुसी देखिएका थिए ।
कोरोना संक्रमणको जोखिम कायमै भएपनि सिमानाकाबाट आउने र जाने कुनै पनि यात्रुको स्वास्थ्य जाचं गरीएको छैन् । जिल्ला प्रशासन कार्यालयले नाकाबाट आउजाउ गर्ने ब्यक्तिमा ज्वरो आउने र शंका लागेका एन्टिजेन परिक्षण गर्ने भनेपनि नाकामा बिना जाचं सर्वसाधारण ओहोरदोहोर गरीरहेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्