एक पटक पुरुष भएर सोच त…….

146

शारिरीक रुपमा बलिया ति पुरुष मानसिक रुपमा पनि बलिया नै छन् सलाम छ, मेरो ति पुरुषलाई जसले आफनो खुसीलाई बिट मार्दै आफ्नो परिवारका लागी जिवन खुसी पार्न दिनरात हलो जोतिएझै आफ्नो बलिया शरिरलाई खियाउदै छन् । आफ्ना रहरलाई मन भित्र कुनामा राखी घर परिवारको खर्च जुटाउन ब्यस्त छन् ।
परिवारलाई माया र हेरचाह गर्न तत्पर छन् कहा गयो के खायो उसलाई आफ्नो मतलब हुदैन दुई पैसा जोगाउन र घर बचाउन दिनरात खटिएका ति पुरुष आज निराश छन् मनको बह पोख्न उनीहरुलाई ठाउं छैन खाडी मुलुक होस या यूरोप आखिर २४ घण्टा खटिएर आफ्नी श्रिमती छोराछोरीको लागी पैसाको बिटो पठाइरहन्छन । घरमा आरामका साधन आइफोन त छ तर मनमा शान्ती कतै भेटिदैन के पैसाले खुसी मिल्ने भए त धनी मानिस कसैको पनि बिछोड हुने थिएन होइन र ? ति पुरुष मात्र मनमा छटपटी र दुःख पोख्न नसक्दा महिलाले माइतीलाई गुर्हाछीन तर पुरुषले आफु भित्र–भित्रै गुम्सीएको हुन्छ ।
समय संगै चल्छ अनि समय संगै सुत्छ उसका मनका बेदनाहरु घडीका सुइले उसलाई घुमाइरहन्छ कहिले घरमा न्यानो काखमा बसी जीवनको सुःखका दिन गनी अनि ४० बर्ष कटेपछि आउने सपना बुनी श्रिमतीका लागी लाखौ लाखको गहनाले पूरी तर आफू चाही पुराना लुगा र हातमा ठेलापारी जीवन रुपिधारमा बाचीरहदा श्रिमतीको नमीठो बोली र रिसको भावनाले उसलाई निस्ठुरी पारी आज समाजमा मन भन्दा धनको थुप्रो जहाँ छ । त्यहि नाता गोता भनी कमाउनगएका पुरुषले आफ्ना स्वास्नीको धक्की र धनमा रजाई गरी खै के आयो यो बिकृती आफ्ना नै बिर्सी जीवन पैसा हो भनी सत्यानाश गरी श्रिमानले कमाएका दुखका आसुलाई फोहोर मै फालीकिन रमाउछांै तिमी आज आफ्नै खुसीलाई मात्रभनी , धेरै महिला महान छन् श्रिमानको लागी मन धन र तनले आफ्ना जीवन सपार्ने पनि तर केहि कलयुगले छाएको होकी मान्छेलाई अपचभएको हो । थाहापाउन मुस्किल नै छ । माफगर्नूहोला यदि तपाईको जीवनमा मेल खानगए ।
तर कहि कतै हामीले हाम्रो जीवनमा धेरै यश र आराम चाहेका त हैनौ ? दिएको माया र साथले मातिएर हिडेका त छैनौ ? केही घटना समाचार मानि सुन्ने गरिन्छ फलानोले बच्चा छोडेर अर्कोसंग गयो । बच्चाको बिजोक भयो । केहि घटना फेरी ऋणमा पर्दा श्रिमानलाई साथदिनको साटो छोडेर हिडेको पनि सुनिन्छ । अनि डिर्भोसको पानामा सम्पत्तिको मागपनि गरिन्छ ।
आफै कर्म गर अरुको भर नपर सक्छौ एक्लै संघर्ष गर सक्दैनौ त मिलेर बस्ने कोशीस त गर संसार सुन्दर छ। हामी आफुलाई भन्दा अरुको सुखको पछि लाग्दा आफैलाई पछि भार हुन्छ की ? श्रीमतीका लागी जन्मदिने बुबा आमा चटक्क छोडि तिम्रो हात समाउछ । अनि तिमी चाहि बालबच्चाको बिजोग पारी आफ्नो खुसी र पैसाको पछि रमाउछांै आखिर तिम्रो दुःख मा साथ त त्यहि श्रिमानले दिएको थियो होइन र? सचेत हुने प्रयास गरौ हरेक दिनरात तिम्रो मन बदलिन सक्छ तर चोखो माया त मन भरी मर्ने बेला साससंगै जान्छ । मन भित्रको त्यो मान्छे कसले भुल्न सक्छ र ? विदेशको खाडिमा होस २४ घण्टा डिउटिमा खटि न उसका हात पहिलेका जस्ता छन् न उसको कपडा फेरेको कतियाद र भविष्यको सपना भोगेका ति पुरुष श्रीमतिका कारण जिवन नै समाप्त पनि गर्छन । के असल श्रीमान हुनु उसका लागी अभिषाफ हो ? एक महिला श्रीमान ऋणमा डुब्छन अनि कार र पैसामा डुबेकी उनीदुई छोरी चटक्टै छोडि धनी व्यक्तिसंग जान्छिन । के गल्ती थियो त्यो बच्चाको उसलाई अधिकार थिएन र बाबा आमा भनी बोलाउने उसलाई मनमा कती तनाव र उदाशिन थियो होला । जब अरुका बाबा आमासंगै हिड्दा सोच्ने गरांै न । ति बालबालिका माथि पर्ने तनावका लाईनहरु उसमा उब्जेका प्रश्नका बारेहरु हामीसंग उत्तर नै नहुनसक्छ । तर छोरा–छोरीमा त्यहि कारण जिवनभर उसका दुःखका गाथाहरु साथीलाई सुनाउन नि सक्दैनन् अनी आफ्नो पिडा सामना गर्न पनि । किन आमन्त्रण गर्दैछौ हामी बालबालिकाको उदासीपन मानसीक तनावलाई केही सम्वन्ध ३५,४० वर्षमा सम्वन्ध बिच्छेद भएका घटना देखिन्छन । एकअर्काको भावना नै नमिल्दा हुन्छन र केही सम्वन्ध चाहि कलयुगले छोएरै सम्वन्ध बिच्छेद हुन्छन । कहीले–काही हामीले आफुलाई नै मूल्यांकन गर्नुपर्छ कि ? मैले के गरे सही थियो या गलतभनी प्रश्न आफूलाई पनि गर्ने गरौ न । अनि सम्वन्ध बचाउने कोसिश त गरौं संसारका खुसी कोहि छइन किन त? हामीले आफैलाई हेरचाह गर्न नसकेरपनि हुनसक्छ । आफुभित्र खुसी लुकेको छ आफू र आफ्नो सुखलाई खोज्ने बानी बसालौं अनिअरुको सुख भन्दाआफ्नो मेहनत र परिवारमा एकता ल्याउने प्रयास गरौं न छोराछोरीका लागी बाल्यकालको स्मरणीय पल बनाउने प्रयत्न त गरौं न उनीहरुलाई सकरात्मक र ब्यवहारीक ज्ञान दिने कोशिस गरौं न पछिका दिन हामी झै दुःखि हुने छइनन् । सामाजीक विकृति र बलात्कारका घटना, सम्वन्ध बिच्छेद, लागूऔषध को प्रयोग अनिदुब्र्यवहार अनि बेवस्ता र लापरबाही अनि माया रुपी नाटकहरु धेरै देखिन्छन आजभोली बाल्यकाल मै हामीले दिने माया, सस्कार अनि नैतिक ज्ञान, सकरात्मक ब्यवहारबाट मात्रभोलीको पिढीका लागी सहज हुनेछ सकरात्मक संचार अनि माया र हौसला र हेरचाहले नै पछि यस्ता घटना घटन कम हुनसक्छन कि ? दुई रथका पांग्रा भनी दुःख र सुखमा साथ दिई मायाको आभास अनि झुपडिमै भए पनि मनको महलमा आफ्ना जीवन साथीलाई बुझ्ने कोशिस गरौ न । अरुले कमाएको सम्पत्ति पोको पार्ने होइन सकिन्छ भने आफंै कमाएर देखाऊ ।

Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्