24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

रेडक्रसद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

- Advertisement -Flowers in Chania

नेपाल रेडक्रस सोसाईटीद्धारा मध्यविन्दु जिल्ला अस्पताल नवलपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोकाकोला फाउण्डेसनको सहयोगमा नेपाल रेडक्रस सोसाईटी नवलपुर मार्फत जिल्ला अस्पताललाई २६ हजार ५ सय थान मास्क , १ हजार १ सय ४ बोतल सेनिटाइजर, १ हजार ५ सय थान हाते पन्जा ,५० थान फेससिल्ड लगाएतका सामग्री छन् । स्वास्थ्य सामग्री जिल्ला रेडक्रस सोसाईटीका सभापती मदनभक्त अधिकारीको अध्यक्षतामा कावासोती नगरपालिकाका प्रमुख चन्द्र कुमारी पुन मार्फत जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट विर बहादुर थापालाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना नियन्त्रण र यसको खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरएिको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री काशिराम पाठकले जानकारी दिनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्